Kathmandu Press

काेराेनाका कारणा नेपाल-भारत साहित्य महोत्सव स्थगित

काेराेनाका कारणा नेपाल-भारत साहित्य महोत्सव स्थगित

काठमाडाैं, माघ १३ : आगामी फेब्रुअरी २६ देखि २८ सम्म आयोजना गर्ने भनिएको नेपाल-भारत साहित्य महोत्सव कोरोना महामारीका कारण स्थगित भएको छ। 

नेपाल–भारत सम्बन्धलाई भाषासाहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यका सात उक्त महोत्सवको आयोजना गर्न लागिएको थियो।

Hardik ivf

परिस्थिति सहज भएपछि पुनः सो महोत्सव सञ्चालन गरिने महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकाली जानकारी दिए।

उनका अनुसार मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डितसहितको संयुक्त बैठकले हाललाई महोत्सव स्थगित गर्ने निर्णय गरिएको हो।

महोत्सवमा पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवं संस्कृतिकर्मीसँग साक्षात्कार, लघुकथा वाचन, अनुवाद सत्र, सांस्कृतिक कार्यक्रम, कवि सम्मेलन, स्मारिका प्रकाशन, सम्मान समारोहलगायत कार्यक्रम तय गरिएको थियो। 

प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्