चार प्रदेशकाे नेतृत्व युवा संघलाई, तीन प्रदेश वाईसीएललाई
काठमाडौं, भदौ २६ः नेकपाको भगिनी संगठन राष्ट्रिय युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रिया पूरा भएको छ ।
संयोजक रामप्रसाद सापकोटा र सह....
काठमाडौं, भदौ २६ः नेकपाको भगिनी संगठन राष्ट्रिय युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रिया पूरा भएको छ ।
संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले हस्ताक्षर गरी सार्वजनिक गरेको निर्णयअनुसार, ३३५ सदस्यीय केन्द्रिय समिति बनाउने सहमति भएको हो । त्यसका लागि पार्टीसँग अनुमति मागेको निर्णयमा उल्लेख छ ।

संगठन इन्चार्ज महेश बस्नेत, सहइञ्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक क.रमेश पौडेल उपस्थित विशेष बैठकले गरेको निर्णय अनुसार, केन्द्रीय समितिको एकतिहाई बराबर १११ सदस्यीय सचिवालय बनाइने भएको छ । सचिवालयमा साविक वासिएल नेपालबाट ५२ र साविक युवा संघ नेपालबाट ५७ रहने छन् ।
एकीकृत संगठनको कार्यालय साविक माओवादीको केन्द्रीय कार्यालय, पेरिसडाँडा कोटेश्वरमा रहने छ । केन्द्रीय कार्यालयको उद्घाटन भोलि शुक्रवार अपरान्ह ३ बजे गरिने संगठनले जनाएको छ । कार्यालय उद्घाटनलगत्तै पदभार ग्रहण गरिने छ ।
सात प्रदेशमध्ये तीनमा साविक वाइसिएल नेपाल र चार वटामा साविक युवा संघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।
७७ जिल्लामध्य ४२ जिल्लामा साविक युवा संघ नेपालले र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।






