Kathmandu Press

नेकपाले दियाे निर्वाचन आयोगमा दल दर्ताकाे निवेदन

काठमाडौं, भदौ २६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

नेकपा नेता खिमलाल देवकोटाको नेतृत्वमा न....

नेकपाले दियाे निर्वाचन आयोगमा दल दर्ताकाे निवेदन

काठमाडौं, भदौ २६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

नेकपा नेता खिमलाल देवकोटाको नेतृत्वमा निर्वाचन आयोग पुगेको टोलीले निवेदन दिएको हो। आउदो मंसिर १४ गते उपनिर्वाचन हुँदै छ।

त्यसका लागि नेकपाले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको हो। यस अघि निर्वाचनमा सहभागी दलले दर्ता गर्नु पर्दैन्।

नेकपा (एमाले) र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको हो। नेकपा यस अघि निर्वाचनमा सहभागी भएको छैन। जसले गर्दा उपनिर्वाचनका लागि निवेदन दिएको हो।

त्यस्तै, समाजवादी पार्टी र विवेकशील साझाले पनि दर्ता गराउनु पर्नेछ। उनीहरू पनि यस अघि निर्वाचनमा सहभागी थिएनन्।

आउदो मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको ५० स्थानमा उपनिर्वाचन हुँदै छ।

प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, भदौ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्