Kathmandu Press

विप्लवका छोरा प्रकाशसहित सबै विद्यार्थी रिहा

चितवन, भदौ २६ : चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित सबै विद्....

विप्लवका छोरा प्रकाशसहित सबै विद्यार्थी रिहा

चितवन, भदौ २६ : चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित सबै विद्यार्थी रिहा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई गए राति छोडिएको छ।

शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि १५ विद्यार्थीलाई पक्राउ गरिएको थियो।

पक्राउ परेकामध्ये नौलाई राति ९ बजे र अन्यलाई राति ११ बजे छाडिएको उनले बताए। स्वास्थ्य संस्थामा सेवाग्राहीलाई प्रभाव पार्नेखालका काम नगर्ने, आन्दोलनका क्रममा कसैलाई गालीगलौज नगर्ने प्रतिबद्धतापछि उनीहरुलाई तारेखमा छाडिएको प्रवक्ता कोइरालाले जनाकारी दिए।

 

प्रकाशित मिति: ११:५८ बजे, बिहीबार, भदौ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्