Kathmandu Press

डेंगु संक्रमणबाट थप एकको मृत्यु, कयौं बिरामी

सप्तरी, भदौ २६ : डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। डेंगुबाट मृत्यु हुनेको संख्या सात पुगेको छ।

डेंगुबाट सप्तरीको सप्तकोशी नगरपालिक....

डेंगु संक्रमणबाट थप एकको मृत्यु, कयौं बिरामी

सप्तरी, भदौ २६ : डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। डेंगुबाट मृत्यु हुनेको संख्या सात पुगेको छ।

डेंगुबाट सप्तरीको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यसअघि काठमाडौंमा दुई, सुनसरी, सिन्धुपाल्चोक, चितवन र डोटीमा एक–एक जनाको मृत्यु भएको थियो। प्रदेश २ का आठ जिल्लामा बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु सङ्क्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।

प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेङ्गु सङ्क्रण भेटिएको निर्देशनालयले जनाएको छ।

त्यस्तै, सिरहामा १५, रौतहट र सप्तरीमा सात–सात, महोत्तरीमा तीन र धनुषामा  एक जनामा डेङ्गु सङ्क्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए।

बुधबार बिहानसम्म १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने दिउँसो यो संख्या बढेर २५ पुगेको थियो। अबेर रातिसम्म ७३ पुगेको हो। सङ्क्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।

 

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, भदौ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्