Kathmandu Press

करेन्ट लागेर बुबाको मृत्यु, दुई छोराछोरी गम्भीर घाइते

महोत्तरी, भदौ २६ : महोत्तरीको एकडारा गाउँपालिकामा गए राति करेन्ट लागेर बुवाको मृत्यु भएको छ भने दुई छोराछोरी गम्भीर घाइते भएका छन्।

एकडारा ग....

करेन्ट लागेर बुबाको मृत्यु, दुई छोराछोरी गम्भीर घाइते

महोत्तरी, भदौ २६ : महोत्तरीको एकडारा गाउँपालिकामा गए राति करेन्ट लागेर बुवाको मृत्यु भएको छ भने दुई छोराछोरी गम्भीर घाइते भएका छन्।

एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको थियो। त्यो तार  छुन पुगेपछि सियारामलाई करेन्ट लागेको हो। उनलाई करेन्ट लागेको देखेपछि छोराछोरीले बचाउन खोज्दा उनीहरुलाई पनि करेन्ट लागेको अधिकारीले बताए।

करेन्ट लागेर गम्भीर घाइते भएका सियारामका १७ वर्षीय छोरा सुरेश ठाकुर र १० वर्षीया छोरी पूजाकुमारीको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका तीनै जनालाई स्थानीयवासीको सहयोगमा गएराति नै उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको थियो। सियारामको उपचारकै क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति: ११:०७ बजे, बिहीबार, भदौ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्