स्कुलबाट फर्किदै गरेका दुई बालिका पहिरोमा पुरिए
रुकुम, भदौ २६ : स्कुलबाट फर्किदै गरेका दुई बालिकाका पश्चिमी रुकुमको मुसीकोट नगरपालिका– १० चुनमा आएको पहिरोमा पुरिएका छन्। पहिरोमा पुरिएर दुवैको ....

रुकुम, भदौ २६ : स्कुलबाट फर्किदै गरेका दुई बालिकाका पश्चिमी रुकुमको मुसीकोट नगरपालिका– १० चुनमा आएको पहिरोमा पुरिएका छन्। पहिरोमा पुरिएर दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार साँझ स्कुलबाट फर्किदै गरेका १२ वर्षीया डिलमाया विक र १० वर्षीया सावित्री विक पहिरोमा पुरिएका हुन्।
बाटोमाथिबाट आएको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए। उनको अनुसार, दुवै बालिकको घटनास्थलमै मृत्यु भएको हो।
दुवै बालिकाकाे शव पहिराबाट निकालिएकाे छ। स्थानीय वासिन्दा र प्रहरी टाेलीले पहिराेबाट निकालेकाे प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: १०:५१ बजे, बिहीबार, भदौ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)