लामखुट्टे मार्न गन बोकेर बस्तीमा छिरे सांसद महेश बस्नेत
भक्तपुर, भदाै २५ : भक्तपुरमा डेङ्गु रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औ....

भक्तपुर, भदाै २५ : भक्तपुरमा डेङ्गु रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती छिरेका छन्।
हनुमन्ते सफाई अभियानले भक्तपुरमा बुधबारदेखि शुरु गरेको डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहेका सांसद बस्नेत औषधिसहितको गन बोकेर डेङ्गु रोग सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली वास्तुटोल र मनोहरा किनाराको सुकुम्बासी बस्तीमा लामखुट्टे मार्ने गनसहित गएर डेङ्गु प्रकोप नियन्त्रणमा सक्रिय भएका हुन्।
उनले डेङ्गु रोग प्रकोपका रुपमा फैलिँदै गएकाले त्यसको नियन्त्रणका लागि आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। सरकार आफ्नो क्षेत्रबाट रोग नियन्त्रणका लागि पहल गरिरहेको र सरकारलाई साथ दिँदै सबैले डेङ्गु नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बताए।
भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधबारसम्ममा भक्तपुरमा ९९ सय जना बिरामीमा डेङ्गु फेला परेका छन्।











-1784808429.png)