नेकपा सचिवालय बैठकको अध्यक्षता ओलीले नै गर्ने
काठमाडौं, भदौ २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले नै गर्ने भएका छन्।
....

काठमाडौं, भदौ २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले नै गर्ने भएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजेपछि बस्ने सचिवालय बैठकको अध्यक्षता अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नै गर्ने भएका हुन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकार दिएको चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले नै बुधबारको बैठकको अध्यक्षता गर्ने छन्।
यसअघि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुरमा रहेका बेला अर्का अध्यक्ष प्रचण्डले बैठकको अध्यक्षता गरेका थिए।
प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गरेर फर्केपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो। बैठकले महानगरपालिका, आयोग र प्रवास कमिटीको नेतृत्वको टुङ्गो लगाउने बताइएको छ। एकीकरणपछि नेकपाको काठमाडौं, भरतपुर, पोखरा, वीरगञ्ज, विराटनगर र ललितपुरको नेतृत्व चयन हुन सकेको छैन।
त्यस्तै, प्रवास कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको नेतृत्व चयन गर्न पनि बाँकी छ।
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानु अघि सचिवालय बैठक बसेको थियो। त्यसमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद भएको थियो। त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा एउटा बैठक बसेको थियो। त्यस बैठकमा यससम्बन्धी निर्णय हुन सकेको थिएन्।











-1784808429.png)