राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र आयरल्याणका सभामुख सेनबीच भेटवार्ता
काठमाडौं, भदौ २५ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेलबीच शिष्टचार भेटवार्ता भएको छ।
ने....

काठमाडौं, भदौ २५ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेलबीच शिष्टचार भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटवार्ता गरेको हो। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताएका थिए।
दुई देशको सम्बन्ध, सहकार्य र अनुभव आदान-प्रदानका लागि दुई देशबीच उच्चस्तरीय भ्रमण जरुरी रहेको अध्यक्ष तिमिल्सिनाले बताए। नेपालको संघीय संरचनाबारे जानकारी गराउँदै अध्यक्ष तिमिल्सिनाले संघीय संसदको गठन तथा कानून निर्माणबारे जानकारी गराएका थिए।
भेटमा अध्यक्ष तिमिल्सिनाले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले उल्लेख्य संख्यामा आयरल्याण्डका पर्यटकलाई नेपाल भ्रमण गर्न सभामुखमार्फत आग्रह गरे।
आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले नेपालको संसदको निमन्त्रणामा न्यानो आतिथ्यताका साथ भ्रमण गर्न पाउँदा खुशी व्यक्त गरे। उनले आयरल्याण्डमा रहेका नेपाली नागरिकको सक्रियता र प्रेरणाका कारण नेपाल भ्रमणमा आएको उल्लेख गरे।
आयरल्याण्ड सानो मुलुक भएपनि युरोपियन युनियनमा सक्रिय रहेकाले नेपाली जहाजलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए। सभामुख सेन नेतृत्वको टोलीमा सांसदहरु मौरिन सुल्लिभान, क्याथरिन नूनलगायतको सहभागिता रहेको थियो।











-1784808429.png)