Kathmandu Press

लक्ष्मण थारुको उद्घोष : संविधान दिवसको दीपावलीलाई तहसनहस पार्छौं 

काठमाडौं, भदौ २५ : थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले संविधान दिवसको दीपावलीलाई तहसनहस पार्ने चेतावनी दिएका छन्।

बु....

लक्ष्मण थारुको उद्घोष : संविधान दिवसको दीपावलीलाई तहसनहस पार्छौं 

काठमाडौं, भदौ २५ : थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले संविधान दिवसको दीपावलीलाई तहसनहस पार्ने चेतावनी दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संयोजक थारुले असोज ३ गतेको संविधान दिवसलाई आफूहरुले शानदार दर्शन गरेर कालो दिनका रुपमा मनाउने बताए। उनले आफूहरुको अबको सिधासिधी लडाइ केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको दम्भकारी सरकारसँग रहेको बताए। 

ओली सरकार दमनकारी बाटोतर्फ उन्मुख रहेको उनको टिप्पणी थियो।  संयोजक थारुले सरकारसँग हिम्मत भए आदिवासी जनजातिसँग सिधासिधी आएर लड्न चुनौती दिए। 

‘ओली सरकार अहिले देशलाई तहसनहस गराउने नियतका साथ अघि बढेको छ। तर, यदि यो सरकारसँग हिम्मत र तागद छ भने आदिवासी जनजातिसँग सिधासिधी आएर लडे हुन्छ। हामी लड्न तयार छौं,’ उनले भने।

यसैबीच, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, मोर्चा÷समितिहरू र दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चाहरूले असोज ३ गते संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन्। 

रिपोर्टर्स क्लबमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले संविधान संशोधन भएर आफूहरुका माग सम्बोधन नभएसम्म संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने पनि घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सबै जाति र भाषाको संविधान नभएसम्म आफूहरुले खुशीयाली नमनाउने स्पष्ट पारे।

उनले भने,‘संशोधनमार्फत यो संविधानलाई सबैको अपनत्व भएको बनाउनुपर्छ। सबै जाति र भाषाको संविधान नभएसम्म हामी खुशीयाली मनाउन सक्दैनौं।’

उनले संविधान दिवसलाई कालो दिवस मनाउने क्रममा राज्यले आफूहरुमाथि दमन गरे बाध्य भएर प्रतिकारमा उत्रिने पनि चेतावनी दिए।
 

प्रकाशित मिति: १५:४३ बजे, बुधबार, भदौ २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्