Kathmandu Press

ओमिक्रोन देखिएपछि गजुरेल भने– ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही हुँदैन

काठमाडौं, माघ १० : हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ। उनी कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित भएका हुन्।उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी...
ओमिक्रोन देखिएपछि गजुरेल भने– ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही हुँदैन

काठमाडौं, माघ १० : हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ। उनी कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित भएका हुन्।

उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमापफर्त गराएका हुन्।  ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन।’

ओमिक्रोनको आक्रमणबाट होम आइसोलेसनमा रहेका, अस्पतालमा बसेका तथा आईसियुमा पुगेका सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्न तथा गराउन अनुरोध पनि गरेका छन्।

कलाकार गजुरेल कोरोना संक्रमणको दोस्रो लहरमा गत कात्तिकमा संक्रमित भएका थिए। उनी ११ दिनसम्म अस्पतालको आइसियुमा बसेर निको भएका थिए।

प्रकाशित मिति: १५:४१ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्