समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्न सांसदको माग
काठमाडौं, भदौ २५ः नेकपाकी सांसद् शान्तिमाया तामाङ पाख्रिनले लामोसाँघु–जिररी सडक निर्माणको काम समयमा पूरा नगर्ने ठेकेदार कम्पनीको लाइसेन्स खारेज ....

काठमाडौं, भदौ २५ः नेकपाकी सांसद् शान्तिमाया तामाङ पाख्रिनले लामोसाँघु–जिररी सडक निर्माणको काम समयमा पूरा नगर्ने ठेकेदार कम्पनीको लाइसेन्स खारेज गरी कारवाही गर्न माग गरेकी छिन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद् पाख्रिनले उक्त सडक समयमा नबन्दा यात्रा कष्टकर र जोखिमपूर्ण बन्दै गएको बताइन्।
उनले भनिन्, ‘लामोसाँघु–जिरी–दोलखा सडक हिउँदमा धुलाम्य हुन्छ । वर्षातमा खाल्टाखुल्टी र हिलैहिलोले त्यस रुटमा यात्रा गर्ने यात्रुहरूको यात्रा कष्टकर र जोखिमपूर्ण हुँदै आएको छ । ठेकेदारको लापरवाही र सम्बन्धित निकाय जिम्मेवार र जवाफदेही नहुँदा जनताले सास्ती भोग्नु परेको छ ।’
चार घन्टाको यात्रालाई १० घन्टा लागेको बताउँदै उनले भनिन्, ‘लामोसाँघु–जिरी सडक यथाशीघ्र यात्रुहरूको यात्रा सहज बनाउन जिम्मेवार बन्न सम्बन्धित निकायकाे ध्यानाकर्षण गर्छु । यदि ठेक्का सम्झौता समयभित्र सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई लाइसेन्स खारेज गरी कारवाही गर्न माग गर्दछु ।’











-1784808429.png)