Kathmandu Press

नेमकिपाको महाधिवेशन असोज ३ देखि ५ गतेसम्म भक्तपुरमा 

काठमाडौं, भदौ २५ः नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन असोज ३–५ गते भक्तपुरमा हुने भएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ....

नेमकिपाको महाधिवेशन असोज ३ देखि ५ गतेसम्म भक्तपुरमा 
फाइल फोटो

काठमाडौं, भदौ २५ः नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन असोज ३–५ गते भक्तपुरमा हुने भएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले असोज ३ गते दिउँसो १ बजे भक्तपुरको सल्लाघारीमा उक्त महाधिवेशन उद्घाटन गर्ने पार्टीले जनाएको छ । 

पार्टीले महाधिवेशनलाई समाजवादी प्रचार अभियानको राजनीतिक कक्षाको रुपमा अघि बढाउने जनाएको छ । दिन बिहान १० बजे कोटेश्वरबाट एउटा जुलुश र भक्तपुरको च्यामासिंहबाट अर्को जुलुश सल्लाघारी पुग्ने कार्यक्रम छ । 

नेमकिपा जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने लक्ष्य राखेको कम्युनिष्ट पार्टी हो । भक्तपुर र कर्णाली प्रदेशमा संगठन रहेको छ– नेमकिपाको । स्थापनाकालदेखि नै देशको सार्वभौमिकता र कामदार जनताको पक्षमा निरन्तर संघर्ष आएको सो पार्टीले जनाएको छ । 

पार्टी सचिव प्रेम सुवालले एक वक्तव्य जारी गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति जटिल रहेको अवस्थामा महाधिवेशन हुन लागेको जनाएका छन् । ‘वर्तमान सरकारले पनि मूल्यवृद्धि र भ्रष्टाचार रोक्न सकेन’, वक्तव्यमा भनिएको छ, ‘नेपालको तराई डुबान हुने गरी भारतीय विस्तारवादद्वारा सिमानाको दशगजामै निर्मित बाँध र तटबन्ध हटाउन सकेन ।’ 

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, भदौ २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्