आज नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं, भदौ २५ : नेकपा सचिवालय बैठक आज बस्न लागेको छ। आज अपराह्न ४ बजे बैठक बस्न लागेको नेकपाले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सिं....

काठमाडौं, भदौ २५ : नेकपा सचिवालय बैठक आज बस्न लागेको छ। आज अपराह्न ४ बजे बैठक बस्न लागेको नेकपाले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर फर्केपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो। अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा विभिन्न समितिको नेतृत्व तय गर्ने जनाएको छ।
आजको सचिवालय बैठकले महानगरपालिका, आयोग र प्रवास कमिटीको नेतृत्वको टुङ्गो लगाउने जनाएको छ। एकीकरणपछि नेकपाको काठमाडौं, भरतपुर, पोखरा, वीरगञ्ज, विराटनगर र ललितपुरको नेतृत्व चयन हुन सकेको छैन।
त्यस्तै, प्रवास कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको नेतृत्व चयन गर्न पनि बाँकी छ।
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानु अघि सचिवालय बैठक बसेको थियो। त्यसमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद भएको थियो।
त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा एउटा बैठक बसेको थियो। त्यस बैठकमा यससम्बन्धी निर्णय हुन सकेको थिएन्।











-1784808429.png)