Kathmandu Press

विप्लवका छोरा प्रकाश चितवनमा पक्राउ

चितवन, भदौ २५ : नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले प्रका....

विप्लवका छोरा प्रकाश चितवनमा पक्राउ

चितवन, भदौ २५ : नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले प्रकाशलाई चितवन मेडिकल कलेज परिसरबाटै बुधबार पक्राउ गरेको हो। उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छन्।

विद्यार्थीले केही दिनदेखि चितवन मेडिकल कलेजमा आन्दोलन गरिरहेका छन्। उनलाई आन्दोलनकै क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीसँगै अन्य विद्यार्थीलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

आन्दोलनका कारण मेडिकल कलेजको सेवामा वाधा पर्न थालेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीसहित मेडिकल कलेजका विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

मेडिकल कलेजमा भइरहेको आन्दोलनका कारण उनी पछिल्लो समय चर्चामा आएका थिए। विप्लव नेकपाको स्थापना गरेर भूमिगत भएपनि प्रकाश भने चितवनमा   एमबीबीएस पढिरहेका छन्।

प्रकाशित मिति: १०:५५ बजे, बुधबार, भदौ २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्