प्रधानमन्त्री ओली मुटु परीक्षण गर्न शिक्षण अस्पतालमा
काठमाडौं, भदौ २५ : प्रधानमन्त्री केपी शर्मा ओली मुटुको परीक्षण गर्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेका छन्। उनले आज बिहान मुटुको परीक्षण ग....

काठमाडौं, भदौ २५ : प्रधानमन्त्री केपी शर्मा ओली मुटुको परीक्षण गर्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेका छन्। उनले आज बिहान मुटुको परीक्षण गराएका छन्।
उनी फलोअपका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन्। यस अघि पनि पनि प्रधानमन्त्री ओलीको यसमै मुटु परीक्षण गरिएको थियो। त्यसकै फलोअपका लागि आज बिहान सेन्टरमा पुगेको जनाएको छ।
उनी सिंगापुरमा उपचार गराएर साउन २० गते स्वदेश फर्किएका थिए। सिंगापुरमा प्लाज्माफेरेसिस गरिएको थियो।
प्रधानमन्त्री ओलीको १२ वर्ष मिर्गौला प्रत्यारोपण गरिएको थियो। अहिले फेरि मिर्गौलामा समस्या भएपछि साउन र भदौमा दुई पटक सिंगापुर पुगिसकेका छन्।
आज बिहान भने मुटुको परीक्षणका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेको जनाएको छ।











-1784808429.png)