Kathmandu Press

नेकपा उपाध्यक्ष गौतमलाई डेङ्गु नलागेको पुष्टि 

काठमाडौं, भदौ २४ : नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लागेको रुघाखोकी डेंगु नभएको पुष्टि भएको छ। 

डाक्टरले डेङ्गु हुनसक्ने आशंका व्यक्....

नेकपा उपाध्यक्ष गौतमलाई डेङ्गु नलागेको पुष्टि 
फाइल

काठमाडौं, भदौ २४ : नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लागेको रुघाखोकी डेंगु नभएको पुष्टि भएको छ। 

डाक्टरले डेङ्गु हुनसक्ने आशंका व्यक्त गरेपछि गौतम मंगलबार घरमै आराम गरिरहेका छन्। उपाध्यक्ष गौतमका छोरा हरिशले सामाविक सञ्जालमार्फत दिएको जानकारी दिएका छन्।

‘कमरेड वामदेव गौतम सामान्य रुघाखोकीका कारण आराम गरिरहनु भएको छ। सामाजिक सञ्जाल र समाचारमा आएजस्तो डेङ्गुको संक्रमण नरहेको जानकारी गराउँदछौं,’ उनले भनेका छन्।
 

प्रकाशित मिति: १७:०६ बजे, मंगलबार, भदौ २४, २०७६