Kathmandu Press

जातीय विभेदमा आधारित ‘समानता जुटौँ’ सार्वजनिक

काठमाडौं, माघ ७ : पत्रकार तथा सामाजिक अभियानकर्मी राजु रसालीको शब्द रचना रहेको ‘समानता जुटौँ’ नामक लोकगीत सार्वजनिक भएको छ ।जातीय भेदभाव तथा छुवाछूतमा...
जातीय विभेदमा आधारित ‘समानता जुटौँ’ सार्वजनिक

काठमाडौं, माघ ७ : पत्रकार तथा सामाजिक अभियानकर्मी राजु रसालीको शब्द रचना रहेको ‘समानता जुटौँ’ नामक लोकगीत सार्वजनिक भएको छ ।

जातीय भेदभाव तथा छुवाछूतमा आधारित जनचेतनामूलक सो गीतमा वरिष्ठ गायक राजु परियारको आवाज रहेको छ । ‘गीतले विगत लामो समयदेखि नेपाली समाजमा विद्यमान रहेको जातीय छुवाछूत र भेदभाव हटाई सामाजिक न्यायको स्थापना गर्नका लागि अब सबै जना एकजुट हुनुपर्ने, समानताको पक्षमा दलित सबै उठ्नुपर्ने सन्देश दिएको छ,’ पत्रकार रसालीले भने।

Hardik ivf

गीतमा सङ्गीत तथा एरेन्ज लोकगायक तथा सङ्गीतकार पदम बिसीको रहेको छ । जनउत्थान प्रतिष्ठानका पूर्वमहासचिव पत्रकार रसाली विगत लामो समयदेखि सामाजिक अभियनकर्मीका रूपमा परिचित छन् । 

पाल्पामा जन्मिएका रसालीले विसं २०६० बाट रेडियो पत्रकारिताबाट सामाजिक अभियानकर्मीका रूपमा काम सुरु गरेका हुन्। समानतामा जुटौँ भन्ने भाव बोकेको यस गीतले खास गरेर पछिल्लो समयमा नेपालमा भएको राजनीतिक र सामाजिक परिवर्तनले पनि दलित समुदायको राज्यका सबै क्षेत्रमा समान पहुँच हुन नसकेको कुरा उल्लेख गरिएको छ। 

प्रकाशित मिति: १०:२३ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्