पूँजीवादी व्यवस्थाको नक्कल गरेर मुलुकमा समाजवाद आउँदैन: प्रदीप गिरी
काठमाडाैं, भदाै २४ : नेपाली कांग्रेसका नेता प्रदीप गिरीले पूँजीवादी व्यवस्थाको नक्कल गरेर मुलुकमा समाजवाद नआउने बताएका छन्।
काठमाडाैं, भदाै २४ : नेपाली कांग्रेसका नेता प्रदीप गिरीले पूँजीवादी व्यवस्थाको नक्कल गरेर मुलुकमा समाजवाद नआउने बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले गिरीले पूँजीवादी व्यवस्थाको नक्कल गरेर ठूलाठूला विमानस्थल, रेल र पानीजहाज सञ्चालन गर्दैमा मुलुकमा समाजवाद नआउने बताएका छन्। सांसद गिरीले वीपी कोइराला समाजवादका प्रवर्तक रहेको पनि बताए।
उनले भने, ‘पुष्पलाल, मनमोहन अधिकारी र कोइरालाले कल्पना गरेको समाजवादमा जनतालाई केन्द्रविन्दुमा राखेर योजना बनाइन्थ्यो भने अहिलेको सरकार पश्चिमा तथा अमेरिका एवं पूँजीवादलाई केन्द्रविन्दुमा राखेर योजना बनाउँछ जसले गर्दा जनतामा व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको छ।’
नेता गिरीले समाजमा दिनदिनै हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, अनियमितता र गाउँगाउँमा बेरोजगारी, अर्ध बेरोजगारी र गुप्त बेरोजगारी बढ्दै जानु, युवा वर्ग विदेशिनु, जमीन बाँझिदै जानु र आयात बढ्दै जानुले मुलुक समाजवादतर्फ नभई उपभोगवादतर्फ उन्मुख भएको बताए। उनले वीपीको समाजवादको अवधारणालाई आत्मसात् गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।






