दिनेश ढकालको ‘रेलिमाई’ को भ्यूअर एक करोड नाघ्यो

काठमाडौं, माघ ६ : गायक दिनेश ढकालको ‘ कालो केशमा रेलिमाई’ बोलको गीतको भ्यूअर करोड नाघेको छ।। गायक ढकालले आफ्नो फेसबुकमार्फत यस विषयको जानकारी गराएका छन्।
‘रेलिमाई’ तीन महिनाअघि युट्युबमार्फत रिलिज गरिएको थियो। अहिले युट्युबमा उक्त गीतलाई १ करोड ३० हजार ७३७ पटक हेरिएको छ।
पछिल्लो समय सांगितिक क्षेत्रमा निकै चर्चा बटुलेको गीत हो, ‘कालो केशमा रेलिमाई’। ओएसआर डिजिटलबाट रिलिज भएको उक्त गीत तथा भिडियोले श्रोता र दर्शकबाट राम्रो लोकप्रियता कमाएको थियो।
पहिलो गीतबाटै सफलता पाएका दिनेशले सफलतासँगै चुनौती पनि थपिएको बताएका छन्। गीत लोकप्रिय बनेपछि दिनेश स्टेज सो तथा कन्सर्टमा व्यस्त छन्।
डेब्यु गीतबाट पाएको सफलतासँगै आगामी दिनका लागि चुनौती थपिएको उनले बताए। हाल उनी स्टेज सो तथा कन्सर्टमा व्यस्त छन्।
प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












