चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फिर्ता
काठमाडौं, भदौ २४ : चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्।
नेपालको तीन दिने औपचारिक भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ ....

काठमाडौं, भदौ २४ : चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्।
नेपालको तीन दिने औपचारिक भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फिर्ता भएका हुन्। विदेशमन्त्री वाङ मंगलबार अपरान्ह विशेष विमानबाट स्वदेश फर्किएका हुन्।
विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरेका थिए।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।
यसअघि विदेशमन्त्री वाङ परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागी भएका थिए।











-1784808429.png)