Kathmandu Press

उत्तर कोरियाली नेता किमलाई प्रतिनिधिसभाबाटै बधाई

काठमाडौं, भदौ २४ : नेपालको संसदबाट उत्तर कोरियाली नेता किमजोङ ऊनलाई बधाई दिइएको छ । कोरियाको ७१औं स्थापना दिवशको अवसरमा नेपाल मजदुर किसान पार्टीका सां....

उत्तर कोरियाली नेता किमलाई प्रतिनिधिसभाबाटै बधाई

काठमाडौं, भदौ २४ : नेपालको संसदबाट उत्तर कोरियाली नेता किमजोङ ऊनलाई बधाई दिइएको छ । कोरियाको ७१औं स्थापना दिवशको अवसरमा नेपाल मजदुर किसान पार्टीका सांसद्ले प्रतिनिधिसभामा बोल्दै कोरियाली नेता र त्यहाँका जनतालाई बधाई दिएका हुन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेमकिपाका सांसद् प्रेम सुवालले भने, ‘कोरियाको ७१औं स्थापना दिवशको अवसरमा कोरियाली जनताका नेता किम जोङ उनलाई बधाई। उहाँमार्फत् सम्पूर्ण कारियाली जनतालाई बधाई दिन चाहन्छु।’

सुवालले वर्तमान कोरियाली नेताका हजुरबा किमजोङ इलको नेतृत्वमा लडेको युद्धलाई साम्राज्यवादविरुद्धको लडाइँको संज्ञा पनि दिए। ‘जनगणतन्त्र कोरियाले साम्राज्यवादीहरूविरुद्धको युद्धमा विजय प्राप्त गरेको थियो, त्यसपछिको देश विभाजन, साम्राज्यवादीहरूको नाकाबन्दी, संयुक्त युद्धअभ्यास र युद्धको धम्की सामना गरिरह्यो’, सांसद् सुवालले भने।

उनले चार वर्षअघि उत्तर कोरियाले गरेको हाइड्रोजन बमको सफल परीक्षणको प्रशंशा गरे। सुवालले भने, ‘जनगणतन्त्र कोरियाले आफ्नो सार्वभौमिकता रक्षाको लागि सन् २०१६ को नयाँ वर्षको शुभारम्भसँगै जनवरी ६ मा हाइड्रोजन बमको सफल परीक्षण गरी संसारका स-साना देशलाई प्रेरणा दियो।’

जनगणतन्त्र कोरिया संसारमा उत्तर कोरियाका रुपमा चिनिन्छ। भक्तपुरमा केन्द्रित दल नेमकिपाले उत्तर कोरियाले अपनाएको जुछे विचारधारालाई समर्थन गर्छ। उक्त देशलाई अमेरिका लगायत पश्चिमी देशहरूले निरन्तर नाकाबन्दी लगाउँदै आएका छन्। त्यहाँ आफ्नै शैलीको कम्युनिष्ट शासन जारी छ।

प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, भदौ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्