Kathmandu Press

वीपीको लोकतान्त्रिक समाजवादको नयाँ परिभाषा आवश्यक : पौडेल 

काठमाडौं, भदौ २४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जननायक वीपी कोइरालाको समयको लोकतान्त्रिक समाजवादलाई अहिले नयाँ ढंगले परिभाषित....

वीपीको लोकतान्त्रिक समाजवादको नयाँ परिभाषा आवश्यक : पौडेल 

काठमाडौं, भदौ २४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जननायक वीपी कोइरालाको समयको लोकतान्त्रिक समाजवादलाई अहिले नयाँ ढंगले परिभाषित गर्नुपर्ने बताएका छन्।

वीपी जन्मजयन्तीको अवसरमा मंगलबार सुन्दरीजलस्थित विपी संग्राहलयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले वीपीवादलाई मान्नु भनेको समय सापेक्ष रुपमा परिवर्तनशील समेत हुनु भएको बताए।

वीपीका समयमा समाज सुधारका लागि धेरै क्रान्तिकारी तथा प्रगतिशील कामहरु भएपनि कांग्रेसले त्यसको स्वामित्व लिन नसकेको पौडेलको भनाइ छ।

‘वीपीसँग तत्कालीन समाजभन्दा दश कदम अघि बढ्न सक्ने अद्भूत क्षमता थियो। तर अहिले हामीसँग समाजलाई भेटाउने शक्ति समेत छैन,’ उनले भने। 
वीपी जस्ता महानायककै कारण कांग्रेसको इतिहास विश्वका अरु कुनै देशको गौरवशाली राजनीतिक दलको भन्दा कम नरहेको पौडेलले बताए।

कार्यक्रममा संग्राहलय परिसरमा केन्द्रीय सदस्य पौडेलको नेतृत्वका १ सय ६ वटा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको थियो।
 

प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, भदौ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्