शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको अध्यक्षमा सुवेदी
काठमाडौं, भदौ २४ : शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको अध्यक्षमा डिल्लीराम सुवेदी निर्वाचित भएका छन्।
काठमाडौंमा भएको १० औं सा....

काठमाडौं, भदौ २४ : शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको अध्यक्षमा डिल्लीराम सुवेदी निर्वाचित भएका छन्।
काठमाडौंमा भएको १० औं साधारणबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन्। साधारणसभाले सुवेदीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिको पनि चयन गरेको छ।
समितिको उपाध्यक्षद्वय राजेन्द्र पहाडी र सान्त्वना देवकोटा के.सी, महासचिव लालबहादुर ओली, सचिव सुदर्शन सिग्देल र कोषाध्यक्ष टिकाराम आचार्य चयन भएका छन्।
यसैगरी समितिको सदस्यमा शुभेन्द्रमान श्रेष्ठ, लवराज ओलीे, डा. आनन्द पौडेल, सत्या कुँवर रावल, कुन्ती राणा, डा. लक्ष्मी पौड्याल, पार्वती तामाङ, समिता मल्ल, लक्ष्मण शर्मा र दुर्गा गिरी चयन भएका छन्।
यस्तै, प्रदेश १ को संयोजकमा राजेन्द्र प्रसाद ढकाल, प्रदेश २ मा राम प्रवेश साह, प्रदेश ३ मा प्रकाश खतिवडा, गण्डकी प्रदेशमा इन्दिरा पौडेल, प्रदेश ५ मा हरि अधिकारी, कर्णाली प्रदेशमा तुलाराम पाण्डे र सुदूरपश्चिम प्रदेशमा उद्धव सिंह भाट चयन भएका छन्।
कार्यसमितिले एनसीई नेपालको विधान बमोजिम आगामी तीन वर्षको कार्यकालका लागि काम गर्नेछ। सन् २००३ देखि शिक्षा अधिकारको क्षेत्रमा वकालत, खोज अनुसन्धान एवं पैरवी गर्दै आएको यो अभियानमा हाल ३५४ वटा संघसंस्थाहरु सदस्य रहेका छन्।
‘निः शुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ’ भन्ने मुल उद्देश्य बनाएको यो अभियान ग्लोबल क्याम्पियन फर एडुकेशनको नेपाल च्याप्टर पनि हो।











-1784808429.png)