Kathmandu Press

ओली र माेदीले गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

काठमाडौं, भदौ २४ : बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गरिएको छ। भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइपलाइन परिय....

ओली र माेदीले गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

काठमाडौं, भदौ २४ : बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गरिएको छ। भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेको हुन्।

नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गरेका छन्। उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ। यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो।

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ। त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ। मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ। जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ।

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ।

प्रकाशित मिति: १२:४७ बजे, मंगलबार, भदौ २४, २०७६