भक्तपुर दरबार स्क्वायरमा चिनियाँ विदेशमन्त्रीको सेल्फी
भक्तपुर, भदौ २४ : नेपालको तीन दिने भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यी आज बिहान भक्तपुर दरबार स्क्वायर पुगेका छन्।
उनले भक्तपुर दरबार स्....

भक्तपुर, भदौ २४ : नेपालको तीन दिने भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यी आज बिहान भक्तपुर दरबार स्क्वायर पुगेका छन्।
उनले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन्। पर्यटक जस्तै घुमफिर गरेको विदेशमन्त्री यीले सेल्फी पनि लिए।
उनले पटकपटक कलाकृतिसँग उभिएर सेल्फी लिएका थिए। भक्तपुर दरबार स्क्वायरका कलाकृतिको नजिकबाट अवलोकन समेत गरेका थिए।
आइतबार पाकिस्ताबाट काठमाडौं ओर्लिएका विदेशमन्त्री यी सोमबार चन्द्रागिरी पुगेका थिए। त्यहाँ उनले पदयात्रा गरेका थिए।
उनले सोमबार नै राष्ट्रपति विद्यादेवी भणडरी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
मंगलबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।











-1784808429.png)