Kathmandu Press

प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, भदौ २४ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।

आज बिहान नागपोखरीस्थि....

प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
सीएमप्रचण्डको ट्विटरबाट

काठमाडौं, भदौ २४ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।

आज बिहान नागपोखरीस्थित म्यारियट होटलमा प्रचण्ड र यीबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएको जनाएको छ।

विदेशमन्त्री यीसँगको भेटवार्तापछि नेकपा अध्यक्ष प्रचण्डले दुवै देशको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको बताए। भेटमा चिनियाँ राष्ट्रपति सि जिङ पिङको नेपाल भ्रमणका विषयमा समेत छलफल भएको जनाएको छ।

नेपालको भ्रमणका रहेका चिनियाँ विदेशमन्त्री यीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए।

सोमबार साँझ शीतल निवास पुगेर चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा उनीहरुबीच दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित लगायत समसामयिक विषयमा छलफल भएको थियो। 

यसअघि विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।  तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ मंगलबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: ११:४३ बजे, मंगलबार, भदौ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्