अमलेखगञ्जको पेट्रोलियम पाइपलाइन उद्घाटन गर्न सिंहदरबारमा तयारी
काठमाडौं, भदौ २४ : भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्न सिंहदरबारमा तयारी सुरू गरिएको छ।
आज मध्याह्....
काठमाडौं, भदौ २४ : भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्न सिंहदरबारमा तयारी सुरू गरिएको छ।
आज मध्याह्न १२ः१५ बजे नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले सिंहदरबारमा र भारतीय प्रधानमन्त्री मोदीले हैदरावादमा स्वीच थिचेर उद्घाटन गर्नेछन्।
यसका लागि सिंहदरबारमा तयारी थालिएको छ। बिहानैदेखि दुवै देशका प्रधानमन्त्रीका तस्बीर भएका पोस्टर टाँस्न थालिएको छ। त्यस्तै, उद्घाटन समारोहका लागि मञ्च तयार गरिन लागेको छ।
उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रने छ। पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ। यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ।
मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दूरी ६९.२ किलोमिटर रहेको छ। जसमा नेपालतर्फ २६.२ र भारततर्फ ३३.६९ किलोमिटर रहेको छ।






