राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री याङबीच भेटवार्ता
काठमाडौं, भदौ २३ : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ।
सोमब....
काठमाडौं, भदौ २३ : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ।
सोमबार साँझ शीतल निवास पुगेर चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा उनीहरुबीच दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित लगायत समसामयिक विषयमा छलफल भएको थियो।
भेटमा राष्ट्रपति भण्डारीले नेपाल र चीन असल छिमेकी रहि आएको र उच्च भ्रमणले बहुआयामिक र जनता–जनताबीचको सम्बन्धलाई अझ सदृढ बनाउने मद्दत गर्ने विश्वास व्यक्त गरेकी थिइन्।
भेटमा नेपाल सरकार र चिनियाँ सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागीता रहेको थियो।
यसअघि विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ मंगलबार स्वदेश फर्कने कार्यक्रम छ।






