नेपालमा प्रत्येक दिन १४ देखि १६ जनाले गर्छन् आत्महत्या
काठमाडौं, भदौ २३ : नेपालमा आत्महत्या गर्नेको तथ्यांक डरलाग्दो रहेको पाइएको छ।
नेपालमा प्रत्येक दिन १४ देखि १६ जना व्यक्तिले....

काठमाडौं, भदौ २३ : नेपालमा आत्महत्या गर्नेको तथ्यांक डरलाग्दो रहेको पाइएको छ।
नेपालमा प्रत्येक दिन १४ देखि १६ जना व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ। पछिल्लो तीन वर्षमा मात्रै नेपालमा १६ हजार २ सय २४ जनाले आत्महत्या गरेका छन्।
विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार गरेको कार्यक्रममा चिकित्सकहरुले नेपालमा आत्महत्याको अवस्था डरलाग्दो रहेको बताए।
नेपालमा आर्थिक वर्ष २०७३–०७४ मा ५ हजार १ सय २४, २०७४–०७५ मा ५ हजार ३ सय ४६ र २०७५–०७६ मा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फणिन्द्र प्रसाद बरालले जानकारी दिए।
नेपालमा आर्थिक वर्ष २०६१-०६२ देखि २०७१-०७२ सम्मको १० वर्षको अवधिमा २९ हजार ९ सय ५ जनाले आत्महत्या गरेकोमा पछिल्लो तीन वर्षमा मात्रै १६ हजार २ सय २४ जनाले आत्महत्या गर्नु डरलाग्दो तथ्यांक भएको बरालले बताए।
उनले भने,‘आत्महत्या गर्नेको अवस्थामा नेपालमा डरलाग्दो देखियो। यस्तै अवस्था केही वर्षसम्म अझै रहने हो भने तपाईँ हाम्रो मृत्यु पनि आत्महत्या गरेर नै नहोला भन्न सकिन्न।’
विश्वमा हरेक तीन सेकेण्डमा एक जनाले आत्महत्याको प्रयास गर्छन् भने ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ।
पारिवारिक कलह, गरिबी, आवेशमा आएर लगायत कारणले मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ।
आत्महत्या गर्ने ९० प्रतिशत व्यक्ति मानसिक रोगी भएको अनुसन्धानले देखाएको छ।











-1784808429.png)