Kathmandu Press

कम्युनिष्ट र कांग्रेसले जनताको विश्वास गुमाइसके : कमल थापा

हेटौँडा, भदौ २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेस पार्टीले जनताको विश्वास गुमाइसकेको बताएका छन्। 

कम्युनिष्ट र कांग्रेसले जनताको विश्वास गुमाइसके : कमल थापा

हेटौँडा, भदौ २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेस पार्टीले जनताको विश्वास गुमाइसकेको बताएका छन्। 

हेटौंडामा सोमबार आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई स्म्बोधन गर्दै थापाले नेपाल पछिल्लो समय कम्युनिष्ट र कांग्रेसले जनताको विश्वास गुमाएको बताएका हुन्।

उनले कांग्रेस र कम्युनिष्ट असफल भइसकेकाले अब राप्रपालाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउन सबैले सहयोग गर्नुपर्ने बताए। भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तन जस्ता समस्याहरु समाधान गरेर मुलुक हाँक्न नेकपा असफल र कांग्रेस निरीह बनेको थापाको आरोप छ। 

‘सबै समस्याहरु समाधान गरी सबल र समृद्ध नेपाल बनाउन सक्ने बलियो विकल्प देशले खोजेको छ,’ उनले भने,‘वैचारिक, संगठनात्मक र नेतृत्वको आधारमा त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ।’  थापाले मुलुक ठूला दल, कर्मचारी र ठूला व्यवसायीको सेटिङ्गमा मनपरी ढंगले सञ्चालन भइरहेको आरोप लगाए।

उनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलितहरुको एक कार्यक्रममा हिन्दू धर्मको विषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताए। थापाले पूर्वप्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले भड्काउने खालको अभिव्यक्ति दिनु र धर्म परिवर्तनमा उक्साउनु संविधान विपरीत भएको बताए।

हिन्दू धर्मले जन्मका आधारमा कहीँ कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउँदै थापाले धार्मिक ग्रन्थ राम्रोसँग पढ्न भट्टराईलाई सुझाव दिए।
 

प्रकाशित मिति: १९:२२ बजे, सोमबार, भदौ २३, २०७६