प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
काठमाडौं, भदौ २३ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
परराष्ट्र....

काठमाडौं, भदौ २३ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
परराष्ट्रमन्त्रीस्तरीय बैठक सकिएपछि बालुवाटार पुगेर चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए। भेटमा उनीहरुबीच द्विपक्षीय सहयोग आदानप्रदान, चीनले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
यसअघि होटल याक एण्ड यतीमा भएको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा नेपाल र चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो।
सहमति पत्रमा चीनले मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा अस्पताल बनाउने भएको छ। यसैगरी, आपतकालीन सेवाका लागि गृह मन्त्रालयलाई पाँच हजार टेन्ट उपलब्ध र बाढी प्रभावितलाई १ करोड ६० रुपैयाँ सहयोग गर्ने समझदारी भएको छ।
तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ मंगलबार स्वदेश फर्कने कार्यक्रम छ।











-1784808429.png)