Kathmandu Press

युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद पक्राउ

ललितपुर, भदौ २३ : सार्वजनिक बसमा युवतीमाथि यौन दुर्व्यवहार  गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। 

रत्नपा....

युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद पक्राउ

ललितपुर, भदौ २३ : सार्वजनिक बसमा युवतीमाथि यौन दुर्व्यवहार  गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। 

रत्नपार्क–भैंसेपाटी रुटको बसमा एक युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार पूर्वसांसद घिसिङलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरकी एसपी दुर्गा सिहंले जानकारी दिइन्।

सार्वजनिक बसमै पूर्वसांसद घिसिङले यौन दुर्व्यवहार गर्न खोजेपछि युवतीले प्रतिकार गरेकी थिइन्। पीडित युवतीले प्रहरीलाई खबर गरेपछि प्रहरीले घिसिङलाई पक्राउ गरेको एसपी सिंहले जानकारी दिइन्।

घिसिङ तत्कालीन नेकपा माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेका थिए। यौन दुव्र्यवहारको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:५३ बजे, सोमबार, भदौ २३, २०७६