Kathmandu Press

नेपाल र चीनबीच तीन सम्झाैतामा हस्ताक्षर

काठमाडाैं, भदाै २३ : नेपाल र चीनबीच तीन वटा सम्झौतामा हस्ताक्षर भएको छ।  होटल याक एण्ड यतीमा सोमबार भएको परराष्ट्रमन्त्रीस्तरीय वार्ताम....

नेपाल र चीनबीच तीन सम्झाैतामा हस्ताक्षर

काठमाडाैं, भदाै २३ : नेपाल र चीनबीच तीन वटा सम्झौतामा हस्ताक्षर भएको छ।  होटल याक एण्ड यतीमा सोमबार भएको परराष्ट्रमन्त्रीस्तरीय वार्तामा नेपाल र चीनबीच तीन वटा सम्झौतामा हस्ताक्षर भएको हो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङको उपस्थितिमा दुई देशका अधिकारीहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।  सहमति अनुसार चीनले नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा अस्पताल बनाइदिने भएको छ। 

चीन सरकारले आपतकालीन सेवाका लागि गृह मन्त्रालयलाई पाँच हजार टेन्ट र वर्षाका कारण बाढीपहिरोबाट प्रभावितलाई १ करोड ६० रुपैयाँ सहयोग उपलब्ध गराउने सहमति भएको छ।

तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ मंगलबार स्वदेश फर्कने कार्यक्रम छ। 

 

 

प्रकाशित मिति: १६:१९ बजे, सोमबार, भदौ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्