Kathmandu Press

चन्द्रागिरि हिल्समा पुगे चिनियाँ विदेशमन्त्री वाङ

काठमाडाैं, भदाै २३ : तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन्। 

काठमाडौ....

चन्द्रागिरि हिल्समा पुगे चिनियाँ विदेशमन्त्री वाङ

काठमाडाैं, भदाै २३ : तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन्। 

काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत सोमबार बिहान पुगेका हुन्।

चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेख विक्रम शाह, सञ्चालकहरु हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए। 

चन्द्रागिरि डाँडामा अत्याधुनिक रिसोर्टको निर्माणसँगै विविध एकीकृत पर्यटकीय संरचनाहरुका साथै भालेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ। चन्द्रागिरि हिल्स नेपाल भ्रमणमा आउने विदेशी उच्चपदस्थ अधिकारीहरुका साथै विदेशी तथा स्वदेशी पर्यटकहरुको एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने गरेको छ।

विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आमन्त्रणमा द्विपक्षीय वार्तामा भाग लिन आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। 

 

प्रकाशित मिति: १६:०९ बजे, सोमबार, भदौ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्