Kathmandu Press

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने तयारी

धरान, भदाै २३ :  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्या....

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने तयारी

धरान, भदाै २३ :  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने तयारी भइरहेको बताएका छन्। 

प्रतिष्ठानको २६ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत वर्ष भएको प्रतिष्ठानको सिनेट बैठकले पनि विश्वविद्यालय बनाउने निर्णय गरिसकेकाले सरकारले पनि तयारी थालेको बताएका हुन्। 

प्रतिष्ठानमा विगतमा विवाद आए पनि अब प्रतिष्ठानलाई राम्रो बनाउन एकापसमा समझजदारी र समन्वयको खाँचो रहेको उपप्रधानमन्त्री यादवले बताए। उनले प्रत्येक वडामा स्वास्थ्य चौकी, गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र, नगरपालिका सिटी अस्पताल, प्रदेशमा स्वास्थ्य प्रतिष्ठान धमाधम निर्माणको तयारीमा रहेको जानकारी दिए। पछिल्लो सयम देशभरी फैलिएको डेङ्गु नियन्त्रणका लागि सबै लाग्नुपर्ने भन्दै त्यसका लागि सरकारले अभियान चलाएको बताए। 

कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा गुरुप्रसाद खनालले प्रतिष्ठानमा लामो समयदेखि रोकिएका विभिन्न पूर्वाधार निर्माणलाई निरन्तरता दिन मन्त्रालयको ध्यानाकर्षण गराएका थिए। आजै प्रतिष्ठानको ‘अर्थोपेडिक सर्जरी युनिट’को समेत उद्घाटन गरिएको छ। 

प्रकाशित मिति: १६:०१ बजे, सोमबार, भदौ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्