काठमाडाैंमा विद्युतीय बस सञ्चालनमा
काठमाडौं, भदौ २३ : सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ।
कम्पनीले सोमबारदेखि काठमाडौं....

काठमाडौं, भदौ २३ : सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ।
कम्पनीले सोमबारदेखि काठमाडौंमा विद्युतीय बस सञ्चालनमा ल्याएको हो। बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्दा २० प्रतिशत छुट पाइने समेत भएको छ। बसको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन्।
काठमाडौंमा ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले ४० सिट क्षमताका दुई वटा विद्युतीय बसबाट सेवा सुरु गरेको हो। केही दिनभित्रै थप दुई वटा बस ल्याउँदै छ। सुन्दरले हाल ल्याएका बस ब्याट्रीबाट चल्ने बीएके कम्पनीका हुन्। बिजुली बस चलाउन कम्पनीले रिङरोडको रुट पाएको छ।
कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता भइसकेको समेत जनाएको छ। चालु आर्थिक वर्षभित्रै २५ वटा बस काठमाडौंमा सञ्चालनमा ल्याउने कम्पनी अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। अध्यक्ष थापाका अनुसार प्रति बस एक करोड ६२ लाख रुपैयाँ मूल्य खर्चिइएको छ।
५० वटा विद्युतीय ट्याक्सी सञ्चालन गर्ने
कम्पनीले ५० वटा विद्युतीय ट्याक्सी समेत सञ्चालनमा ल्याउने घोषणा गरेको छ। कम्पनीका अध्यक्ष थापाले काठमाडौंमा विद्युतीय ट्याक्सी सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको दिए।
थापाले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेका बेला विद्युतीय ट्याक्सी निकै राम्रो हुने बताए।











-1784808429.png)