एनआरएनको कोषाध्यक्ष पदमा उठ्ने सोम सापकोटाको घोषणा
काठमाडाैं, भदाै २३ : गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाले उम्मेद्वारी घोषणा गरेका छन्।
एनआरएनएको आगामी ग्लोवल सम्म....

काठमाडाैं, भदाै २३ : गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाले उम्मेद्वारी घोषणा गरेका छन्।
एनआरएनएको आगामी ग्लोवल सम्मेलनमा वर्तमान कार्यसमिका सह-कोषाध्यक्ष सापकोटाले आर्थिक रुपमा संस्थालाई बलियो बनाउने योजनासहित आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।
'संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन। मेगा प्रोजेक्टको अवस्था उस्तै छ र योजनाहरु आर्थिकरुपले माइनसमा छन्। तर पनि यसको व्यवस्थापन गर्न सकिन्छ, त्यसको सुरुवात म गर्छु,' सापकोटाले भने।
सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा २००६ मा गैरआवासीय नेपाली संघ एनसीसी पोर्चुगलको कार्यसमिति सदस्य २००९-११, डेनमार्कका संस्थापक अध्यक्ष, २०११-१३ गैरआवासीय नेपाली संघ केन्द्रीय सदस्य साथै २०१३-१५ यूरोप सहसंयोजक २०१५-१७ केन्द्रीय सदस्यमा रहेर जिम्मेवारी पूरा गरेका सापकोटा वर्तमान केन्द्रीय समितिमा सह-कोषाध्यक्षको जिम्मेवारीमा छन्।
एनआरएनएको सह-कोषाध्यक्षमा रहेर जिम्मेवारी पूर्ण काम गरेका सापकोटले यो कार्यकाल बाँकी रहेका अधुरा योजना सपन्न गर्न तथा एनआरएनएलाई आर्थिक रुपले सम्पन्न बनाउन अभियान नै सञ्चालन गर्ने बताएका छन्।
संस्थामा सबै क्षेत्रको प्रतिनिधित्व र वैदेशिक रोजगारीको विषय एनआरएनएको हुनुपर्ने मुद्दा सापकोटाले नै उठाएका थिए। वैदेशिक रोजगारी र यसका समस्या समाधानमा एनआरएनएलाई थप क्रियाशिल बनाउनु पर्नेमा जोड दिँदै उनले अबको कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानमा एनआरएनएको छुट्टै संयन्त्र बनाएर काम गर्ने प्रतिवद्धता जनाएका छन्। अहिले वैदेशिक रोजगारी कल्याणकारी कोषको संयोजकको जिम्मेवारी पनि सापकोटाले निर्वाह गरिरहेका छन्।
२५ वर्षदेखि युरोपमा क्रियाशिल सापकोटाले विभिन्न सामाजिक कार्य र जिम्मेवारी पूरा गरेका छन्। उनले राजनीतिक विचारधाराबाट एनआरएनए नेतृत्व प्रभावित हुन नहुने भन्दै विभिन्न पद पनि परित्याग गरेका थिए।











-1784808429.png)