भाइरल ज्वरोले १४ वर्षीया छात्राको मृत्यु
जाजरकोट, भदौ २३ : भाइरल ज्वरोले जाजरकोटमा एक छात्राको मृत्यु भएको छ। आज बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै आएकी....

जाजरकोट, भदौ २३ : भाइरल ज्वरोले जाजरकोटमा एक छात्राको मृत्यु भएको छ। आज बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै आएकी १४ वर्षीया आशा विकको मृत्यु भएको हो।
ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी एक साता अघि जिल्ला अस्पतालमा भर्ना भएकी थिइन्। सातासम्म पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो।
उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्त गणेश विकले बताए। आशा खलङ्गाको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्।
उनका बाबुआमा मजदुरीका लागि पाँच वर्षदेखि भारतको हिमाञ्चलमा बस्दै आएका छन्।
केही दिनयता जिल्ला अस्पताल र संस्थाहरुमा भाइरल ज्वरोका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन्। जिल्ला अस्पतालमा दैनिक डेढ सय बिरामी आउने गरेकोमा आधा बिरामी भाइरल ज्वरोका आउने गरेको डा केशर कार्कीले बताए।
बिरामी बढ्दै गएको तर औषधिको ‘स्टक’ सकिँदै गएकाले समस्या हुन थालेको उनको भनाइ छ। मौसम परिवर्तनको समय भएकाले खानपिनमा उचित ध्यान दिन र बिरामी हुनेबित्तिकै नजिकको स्वास्थ्य संस्था जान डा.कार्कीले आग्रह गरेका छन्।











-1784808429.png)