Kathmandu Press

अङ्कितबाबुको ‘कफी क्रस’ सार्वजनिक

अङ्कितबाबुको ‘कफी क्रस’ सार्वजनिक

काठमाडौं, माघ २ : गायक तथा सङ्गीतकार अङ्कितबाबु अधिकारीको साङ्गीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ । 

प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र सङ्गीत समावेश छ । गीतलाई भारतको पश्चिम बंगालका उत्कृष्ट सङ्गीतकार सुमित विश्वकर्माले संयोजन गरेका हुन्। कुनै क्याफेमा कफी पिउँदै गर्दा अर्को टेबलमा बसेको कसैले तपाईंको ध्यान खिचेको छ ? कफी जत्तिकै सुन्दर, मीठो अनि माया–लाग्दो ! साँच्चिकै यस्तो अनुभव गरेका छन् भने यो भिडियो पूरा हेर्नुपर्ने अधिकारीको भनाइ छ । 

Hardik ivf

भिडियोमा एक युवकलाई कफी पिउँदै गर्दा अर्को टेबलमा बसेकी सुन्दरीले आकर्षित गरेको विषय देखाइएको छ । तिनै युवतीको क्रियाकलाप र हाउभाउ देखेर युवक दङ्ग पर्छन् । उनीहरुबीचको आँखा जुधाई, हेराहेर र अन्य भाव–संवादलाई क्याफेको एक वेटरले नजिकैबाट नियालिरहेको हुन्छ । वेटर गीतमा कहिले हास्ने त कहिले आँखा तर्ने गर्दा गीत अझै रोमाञ्चक बनेको छ । भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय छ । 

क्याफेको वेटरको भूमिका अङ्कितबाबु आफैले पूरा गरेका छन् । ‘यो गीत एक प्रयोग हो, मैले गर्दै आएका अन्य गीतभन्दा यो भिन्न छ, यसमा प्रयोग भएका शब्द तथा सङ्गीतले युवा वर्गका कथा भने जस्तो लाग्छ,’ उनले भने। अङ्कितबाबुका चर्चित गीतमा ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’लगायत छन्। 

‘ए–सिरिज’ नामक च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन नवीन भट्टले तथा छायाङ्कन अनिश स्याङ्देनले गरेका हुन्। नवीनले यसअघि ‘मुना’, ‘वसन्त शिशिर’लगायतका जोड्दार भिडियो बनाएका थिए। 

प्रकाशित मिति: १५:०५ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्