अब दुई लाखभन्दा माथिको कारोबारमा चेक काट्न नपर्ने
काठमाडौं, भदौ २३ : आगामी बिहिबारदेखि दुई लाखभन्दा माथिको भुक्तानी गर्न चेक काट्न नपर्ने भएको छ। २८ वटै वाणिज्य बैंकहरूमा बिहीबारदेखि दुई लाख रुपैयाँभन....

काठमाडौं, भदौ २३ : आगामी बिहिबारदेखि दुई लाखभन्दा माथिको भुक्तानी गर्न चेक काट्न नपर्ने भएको छ। २८ वटै वाणिज्य बैंकहरूमा बिहीबारदेखि दुई लाख रुपैयाँभन्दा बढीको भुक्तानी दिँदा चेक काट्नु नपर्ने गर्न लागिएको हो।
वाणिज्य बैंकहरुले अन्तर बैंक कारोबारमा तत्कालै भुक्तानी हुने ‘रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)’ लागू गर्न लागेका छन्। यो लागू भएसँग चेक काट्नु पर्ने छैन।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार आरटीजीएस प्रणाली लागू गर्न २८ वटै वाणिज्य बैंकहरुले सम्झौता गरेका छन्। राष्ट्र बैंकले गत भदौ १९ गते आरटीजीएस नियमावली ल्याएको थियो।
आरटीजीएस प्रणाली लागू भएसँगै चेकको क्लियरिङ गरिरहनु पर्ने झन्झटबाट बैंक र सेवाग्राहीले मुक्ती पाउने छन्। तत्काल एक बैंकबाट अर्को बैंकमा भुक्तानी हुनेछ।
नेपाल राष्ट्र बैंकले १३ वर्ष अघि नै आरटीजीएस प्रणाली लागू गर्ने प्रक्रिया सुरू गरेको थियो। अहिले आएर कार्यान्वयन हुन लागेको हो। अब २० लाख रुपैयाँभन्दा माथिको भुक्तानी अनिवार्य रुपमा आरटीजीएस प्रणालीमार्फत् गर्नुपर्नेछ।
हाल जुन बैंकको चेक हो, त्यही बैंकको अर्को खातामा साट्दा मात्रै त्यहि दिन साटिँदै आएको छ। अन्तर बैंक चेक साट्दा कम्तिमा एक दिन लाग्दै आएको छ।
आरटीजीएस प्रणाली लागू भएपछि भुक्तानी गर्ने खातावालले एक बैंकको खाता नम्बरमा आवश्यक रकम अर्को बैंकमा भुक्तानी गरिदिनु भन्ने आदेश दिनेवित्तिकै भुक्तानी भइहाल्ने छ। प्रतिकारोबार १० रुपैयाँ शुल्क लाग्ने भएकाले यो धेरै सस्तो पनि छ।











-1784808429.png)