सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ
ओखलढुङ्गा, भदौ २३ : आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्। छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिक....

ओखलढुङ्गा, भदौ २३ : आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्। छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो।
उनले असार ३० गते गाउँपालिका कार्यालय ताप्केडाँडामा चम्पादेवी–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए। मादक पदार्थ सेवन गरी आफूलाई कुटपिट गरेको भन्दै थापाले लुइँटेलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
वडाध्यक्ष लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए।
आफूलाई पटक–पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएपछि बाध्य भएर सहकर्मीविरुद्ध उजुरी गरेको पीडित थापाले बताए।
गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिले असुरक्षा महसुस गरेकाले सुरक्षाका लागि कानूनी उपचार खोजेको उनको भनाइ छ।











-1784808429.png)