Kathmandu Press

राष्ट्रपतिद्वारा शिक्षा दिवसमा विद्याभुषण प्रदान

काठमाडौं, भदाै २२:  राष्ट्रपति विद्या भण्डारीले शिक्षा दिवसकाे अवसरमा  नेपाल विद्याभुषण पदकबाट सुशाेभित गरेकी  छिन् ।

राष्ट्रपति कार....

राष्ट्रपतिद्वारा शिक्षा दिवसमा विद्याभुषण प्रदान
काठमाडाैंप्रेस

काठमाडौं, भदाै २२:  राष्ट्रपति विद्या भण्डारीले शिक्षा दिवसकाे अवसरमा  नेपाल विद्याभुषण पदकबाट सुशाेभित गरेकी  छिन् ।

राष्ट्रपति कार्यालय, शितल निवासमा आयाेजित  विशेष समाराेहमा नेपाल विद्याभुषण 'क' पदकबाट २३१ जना सुशोभित भएका छन्। देश तथा विदेशका विश्वविद्यालयबाट विद्यावारिधी गर्नेहरुलाई उक्त पदकबाट सम्मानित गर्ने गरिन्छ।

यस्तै ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक १०१ जनाले प्राप्त गरे। यस्तै ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदकबाट ११, विभिन्न तहमा उत्कृष्ट छात्राले पाउने नेपाल छात्रा विद्याभूषण पदकबाट ३० छात्रा पुरस्कृत भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार यो वर्ष कूल ३७४ जनाले पदक प्राप्त गरेका छन्।

चालीसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतल निवासमा पदक वितरण समारोहको आयोजना गरेको थियो।

नेपालमा विसं २०३१ देखि शिक्षा दिवस मनाउन थालिएको हो। यस वर्षको शिक्षा दिवसको आदर्श वाक्य ‘हामी सबैको प्रण : सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ छ।

प्रकाशित मिति: १६:५७ बजे, आइतबार, भदौ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्