डा. बाबुराम भट्टराईको प्रेस सल्लाहकारमा पाण्डे
काठमाडौं, भदौ २२ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई संघीय अध्यक्ष रहेको समाजवादी पार्टीका प्रचार विभागको उपप्रमुखको जिम्मासहित विश्वदीप पाण्डेलाई भट्टराईको प्रेस....
काठमाडौं, भदौ २२ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई संघीय अध्यक्ष रहेको समाजवादी पार्टीका प्रचार विभागको उपप्रमुखको जिम्मासहित विश्वदीप पाण्डेलाई भट्टराईको प्रेस सल्लाहकारको जिम्मेवारी तोकिएको छ ।
सो पार्टीको आइतबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले पाण्डेलाई विभागको उपप्रमुखसहित संघीय अध्यक्षको प्रेस सल्लाहकारको जिम्मा दिएको हो । उनी माओवादी सशस्त्र द्वन्द्वकालमा समेत डा. भट्टराईका सहयोगी थिए ।
तत्कालीन सात दल र विद्रोही माओवादीबीच २०६२ सालमा भएको १२ बुँदे सहमतिको अन्तिम मस्यौदालाई भारतको राजधानी नयाँदिल्लीमा उनैले टाइप गरेका थिए ।
पाण्डे मिडियासँग सु–सम्बन्ध भएका शीर्षनेताका सहयोगीको रुपमा परिचित छन् । विगतमा डा. भट्टराई प्रधानमन्त्री हुँदासमेत मिडियामैत्री र मिडियालाई कुशल व्यवस्थापन गर्ने प्रधानमन्त्रीका सहयोगीको छवि बनाएका थिए ।






