Kathmandu Press

उडिरहेको हेलिकोप्टरबाट खस्यो सामान

सोलुखुम्बु, भदौ २२ : फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको....

उडिरहेको हेलिकोप्टरबाट खस्यो सामान

सोलुखुम्बु, भदौ २२ : फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन्।

फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ।

हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका छन्। कार्गो उडान कम्पनीको लापरवाहीका कारण सामग्री झरेको उनीहरुको आरोप छ।

प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामग्री ढुवानी गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताए। स्थानीयवासीले फोन गरेर उडिरहेको हेलिकोप्टरबाट सामग्री खसेको जानकारी दिएको प्रजिअ खनालले बताए।

कैलाश एयरका कर्मचारी बिलक श्रेष्ठले गल्ती भएको स्वीकार्दै त्यसलाई सुधार्ने बताए। नियोजित नभई ध्यान दिँदादिँदै सिरकको पोको झरेकाले आउँदा दिनमा सुधार्ने उनको प्रतिबद्धता छ। (रासस)

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, भदौ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्