हलमा चपली हाइट–३

काठमाडाैं, पुस ३० : फिल्म चपली हाइट–३ शुक्रबारबाट प्रदर्शनमा आएको छ। एकल प्रदर्शनमा आए पनि निकेश खड्का निर्देशित फिल्म चपली हाइट–३ ले देशभरका सबै हल भने पाएको् छ्रैन।
कठपुतली र साउथ फिल्म ‘पुष्पा’को प्रदर्शन भइरहेकाले चपली हाइट–३ले सीमित हल पाएको हो। काठमाडौैंका मल्टिपेक्समा फिल्मले राम्रै सो पाएको बताइएको छ।
चपली हाइटको सिक्वेल चपली हाइट–३मा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवालगायतले अभिनय गरेका छन्। अर्जुन कुमारले निर्माण गरेका फिल्मको कथा संवाद आकाश बराल लेखेका हुन ।
यस्तै, सुभाष भुषाल र अर्जुन कुमारको संगीत रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेृका हुन्।
प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












