ए मेरो हजुर–४ नयाँ वर्षमा प्रदर्शन हुने
काठमाडौं, पुस ३० : नेपाली फिल्म ‘ए मेरो हजुर–४’ नयाँ वर्षमा प्रदर्शनमा आउने भएको छ । यसअघि घोषणा गरिएको ‘रिजिल डेट’ परिवर्तन गर्दै निर्माण...
काठमाडौं, पुस ३० : नेपाली फिल्म ‘ए मेरो हजुर–४’ नयाँ वर्षमा प्रदर्शनमा आउने भएको छ । यसअघि घोषणा गरिएको ‘रिजिल डेट’ परिवर्तन गर्दै निर्माण पक्षले फिल्म वैशाख १ गतेबाट प्रदर्शनमा आउने जनाएको छ।
शुक्रबार टिजर सार्वजनिक गर्दै फिल्मको नयाँ रिलिज टेड तय गरिएको छ। यसअघि चैत २५ गते फिल्म रिलिज गर्ने भनिए पनि पोष्ट प्रोडक्सनमा केही काम बाँकी रहेकाले रिलिज डेट परिवर्तन गरिएको निर्माण पक्षले जनाएको छ।
नायिका झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर–४’ ए मेरो हजुरको सिक्वेल हो । फिल्ममा अनमोल केसी र सुहाना थापाको अभिनय छ । फिल्मको निर्माण सुनीलकुमार थापाले गरेको हुन्।
यसअघि ‘ए मेरो हजुर–३’ मा अनमोल केसी र सुहानाको केमेस्ट्रीलाई दर्शकले रुचाएकाले ‘ए मेरो हजुर–४’मा उनीहरुलाई निरन्तरता दिइएको हो।
फिल्मको टिजरमा अनमोल र सुहानाको मिलन, विछोडका दृश्यलाई देखाएको छ । यसअघिका दुवै सिक्वेल चलचित्र व्यवसायिक रुपमा सफल भएको थियो।












