Kathmandu Press

दशैं टीकाको साइत बिहान १०ः३५ बजे

काठमाडौं, भदौ २२ : नेपाल पञ्चाङ निर्णायक समितिले यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ।

पञ्चाङ निर्णायक समितिको शनिबार बसेको बैठकले....

दशैं टीकाको साइत बिहान १०ः३५ बजे

काठमाडौं, भदौ २२ : नेपाल पञ्चाङ निर्णायक समितिले यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ।

पञ्चाङ निर्णायक समितिको शनिबार बसेको बैठकले विजया दशमी असोज २१ गते बिहान १०ः३५ बजेको साइतमा टीका ग्रहण गर्न उत्तम रहेको निर्णय गरेको छ।

त्यस्तै, विजया दशमीको दिन देवी विसर्जन गर्ने साइत बिहान ८ः४५ बजे निर्धारण गरिएको समितिले जनाएको छ।

यस वर्ष असोज १२ गतेदेखि नवरात्र प्रारम्भ हुँदै छ। नवरात्रको पहिलो दिन घटनास्थापनाका लागि बिहान १०ः३० बजे उत्तम साइत रहेको समितिले जनाएको छ।

 

प्रकाशित मिति: १४:३२ बजे, आइतबार, भदौ २२, २०७६