पवन र सन्दीप चम्किँदा बंगलादेशलाई २६२ को लक्ष्य
काठमाडौं, भदौ २२ : यू–१९ एशिया कपको पहिलो खेलमा श्रीलंकासँग एक सय ४२ रनमै खुम्चिएको नेपाल दोस्रो खेलमा भने पवन सर्राफ र सन्दीप जोरा चम्किँदा बंग....
काठमाडौं, भदौ २२ : यू–१९ एशिया कपको पहिलो खेलमा श्रीलंकासँग एक सय ४२ रनमै खुम्चिएको नेपाल दोस्रो खेलमा भने पवन सर्राफ र सन्दीप जोरा चम्किँदा बंगलादेशलाई दुई सय ६२ रन लक्ष्य दिएको छ।
बंगलादेशसँगको खेलमा नेपालका लागि पवन सर्राफले ८१ रन बनाए। एक सय नौ बल खेलेका उनले एक छक्का र आठ चौका हिर्काए।
त्यस्तै, सन्दीप जोराले बिस्फोटक ब्याटिङ गरे। उनले ३७ बलमा तीन छक्का र तीन चौका हिर्काउदै ५६ रन बनाए।
त्यस्तै नेपालका लागि रीत गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१, रोहितकुमार पौडेलले १४, किशनसिंह ऐरीले नौ, रसिद खानले ६, आसिफ सेखले तीन र हरि चौहानले एक रन बनाए।
बंगलादेशका लागि तान्जिम हसन सकिब र शाहिन आलमले दुई–दुई विकेट लिए।
केहीबेरमा दुई सय ६२ रनको लक्ष्य पछ्याउन बंगलादेश खेल्नेछ।






